के बाइबल परमेश्वरका विचारहरूले भरिएको किताब हो?
बाइबलको जवाफ
थुप्रै बाइबल लेखकले आफूले लेखेका कुराहरू परमेश्वरले नै लेख्न लगाउनुभएको हो भनेर बताएका छन्। यी उदाहरण विचार गर्नुहोस्:
राजा दाउद: “यहोवाको शक्ति मद्वारा बोल्यो; उहाँको वचन मेरो जिब्रोमा थियो।”—२ समुएल २३:१, २.
भविष्यवक्ता यसैया: “ब्रह्माण्डका मालिक, सेनाहरूका यहोवा यसो भन्नुहुन्छ।”—यसैया २२:१५.
प्रेषित युहन्ना: “येसु ख्रिष्टबाट भएको प्रकाश, जो . . . परमेश्वरले उहाँलाई दिनुभयो।”—प्रकाश १:१.