सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरूको शिखर सङ्‌ख्या

यहोवाका साक्षीहरूको शिखर सङ्‌ख्या

सन्‌ १९८७ मा यहोवाका साक्षीहरूको परिचालक निकायका सदस्य लिमेन स्विङ्‌गलले भेनेजुएलाको प्लाजा मोनुमेन्टलमा भाषण दिनुभयो। त्यहाँ ६३,५८० जना जम्मा भएका थिए। तिनको भाषण सुन्‍न कोही-कोही त रातभरि बसको यात्रा गरेर आएका थिए। त्यो ठूलो भीडलाई भाइ स्विङ्‌गलले यसो भन्‍नुभयो, “तपाईंहरूको शाखा अब सानो छैन। तपाईंहरूको सङ्‌ख्या बढ्‌दै गएर कुनै दिन ‘एक लाख’ पुग्छ जस्तो देखिन्छ।”

सन्‌ १९८७ तिर भेनेजुएलामा जोडतोडले राज्यको सुसमाचार सुनाउने यहोवाका साक्षीहरू ३८,००० भन्दा धेरै थिए। त्यतिखेर एक लाख प्रकाशक भएको देशहरू जम्मा आठ वटा थिए।

यहोवाका साक्षीहरूको वृद्धि उल्लेखनीय छ। प्रथम विश्‍वयुद्धपछि यहोवाको राज्यको घोषणा गर्ने मानिसहरू केही हजार मात्र थिए। तर त्यो सङ्‌ख्या परिवर्तन भयो। यहोवाका साक्षीहरूको वार्षिक पुस्तक १९४३ (अङ्‌ग्रेजी) मा यस्तो लेखिएको थियो, “सञ्चार राम्ररी नभएकोले सन्‌ १९४२ मा यहोवाका साक्षीहरूको वार्षिक रिपोर्ट पूरै प्राप्त हुन सकेन। तैपनि यहोवाले आशिष्‌ दिनुभएको कुरामा कुनै शङ्‌का छैन। किनभने अहिले संसारभरि १ लाख ६ हजार भन्दा धेरैले [सुसमाचार प्रचार गर्ने] काम गरिरहेका छन्‌।” दोस्रो विश्‍वयुद्ध चर्किरहेको बेला थुप्रैले बाइबलको शिक्षा स्वीकारे। सन्‌ १९५० तिर अमेरिकामा प्रकाशकहरूको सङ्‌ख्या १ लाख नाघ्यो।

त्यसपछि सन्‌ १९७४ मा प्रकाशकहरूको सङ्‌ख्या १ लाख नाघेको देश नाइजेरिया थियो।

त्यसपछिको वर्षमा ब्राजिल र जर्मनीमा पनि प्रकाशकहरूको सङ्‌ख्या १ लाख नाघ्यो। चार वटा महादेशहरूमा भएको यस्तो वृद्धिले थुप्रै मानिसले बाइबलको सन्देश सुनेको कुराको प्रमाण दिन्छ।

संसारभरि नै सुसमाचार सुन्‍ने मानिसहरूको सङ्‌ख्या बढ्‌दै गयो। यसले बाइबलको यो भविष्यवाणीको पूर्ति भएको प्रमाण दिन्छ, “थोरैचाहिं हजार हुनेछ, र तुच्छचाहिं एउटा सामर्थी जाति हुनेछ। म, परमप्रभुले, त्यसको समयमा त्यो चाँडै पूरा गर्नेछु।”—यशैया ६०:२२.

सन्‌ २०१४ को सेवा वर्षको रिपोर्टअनुसार अहिले १ लाख यहोवाका साक्षी भएका २४ देश छन्‌। त्यसमा भेनेजुएला पनि पर्छ। सन्‌ २००७ मा नै भेनेजुएलामा यहोवाका साक्षीहरूको सङ्‌ख्या १ लाख पुगिसकेको थियो। अहिले संसारभरि ८२ लाख १ हजार ५ सय ४५ प्रकाशक छन्‌ र १ लाख १५ हजार ४ सय १६ मण्डली छन्‌।

१ लाखभन्दा धेरै प्रकाशक भएका देशहरू

महादेश

देश

प्रकाशक

अफ्रिका

अंगोला

१,०८,६०७

कङ्‌गो, प्रजातान्त्रिक गणतन्त्र

२,१६,०२४

घाना

१,२५,४४३

नाइजेरिया

३,६२,४६२

जाम्बिया

१,७८,४८१

एसिया

जापान

२,१५,७०३

कोरिया गणतन्त्र

१,००,६४१

फिलिपिन्स

१,९६,२४९

युरोप

बेलायत

१,३८,५१५

फ्रान्स

१,२७,९६१

जर्मनी

१,६६,२६२

इटाली

२,५१,६५०

पोल्याण्ड

१,२३,१७७

रूस

१,७१,२६८

स्पेन

१,१२,४९३

युक्रेन

१,५०,९०६

उत्तर अमेरिका

क्यानाडा

१,१६,३१२

मेक्सिको

८,२९,५२३

संयुक्‍त राज्य अमेरिका

१२,४३,३८७

दक्षिण अमेरिका

अर्जेन्टिना

१,५०,१७१

ब्राजिल

७,९४,७६६

कोलम्बिया

१,६६,०४९

पेरू

१,२३,२५१

भेनेजुएला

१,४०,२२६