सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

वाह! कस्तो गजबको अध्ययन संस्करण!

वाह! कस्तो गजबको अध्ययन संस्करण!

वाह! कस्तो गजबको अध्ययन संस्करण!

यहोवाको अमूल्य वचन अध्ययन गर्न तपाईंलाई मदत गर्ने अध्ययन संस्करण अझै आकर्षक अनि मदतकारी होस्‌ भनेर हामीले अध्ययन संस्करणको डिजाइन परिवर्तन गरेका छौं।—भज. १:२; ११९:९७.

हामीले चार वर्षअघिदेखि प्रहरीधरहरा-को दुई वटा संस्करण प्रकाशित गरिरहेका छौं। एउटा आम मानिसहरूका लागि अनि अर्को हामी यहोवाका साक्षीहरू र हाम्रा प्रगतिशिल बाइबल विद्यार्थीका लागि।

लामो समयदेखि यहोवाको सेवा गर्दै आएका एक जना भाइले अध्ययन संस्करणबारे यसरी टिप्पणी गरे: “प्रहरीधरहरा-को पहिलो अध्ययन संस्करणले मलाई गहिरो असर गऱ्‍यो। बाइबलका अझै महत्त्वपूर्ण कुराहरूलाई विस्तृत रूपमा छलफल गरिएकोले यसले मेरो मनै छोयो। यस सुन्दर नयाँ प्रबन्धको लागि धेरै-धेरै धन्यवाद!” अर्को भाइले यसरी लेखे: “बाइबल प्रयोग गर्दै यो संस्करण अध्ययन गर्न म धेरै भन्दा धेरै समय निकाल्न चाहन्छु।” तपाईं पनि यस्तै महसुस गर्नुहुन्छ भनेर हामी ढुक्क छौं।

प्रहरीधरहरा पत्रिका सन्‌ १८७९ देखि प्रकाशित हुँदै आएको कुरा तपाईंलाई थाहै छ। यहोवाको पवित्र शक्‍ति र उहाँको आशिष्‌द्वारा मात्र यो सम्भव भएको हो। (जक. ४:६) बितेका १३३ वर्षको दौडान यस पत्रिकाको आवरणमा थुप्रै परिवर्तन गरिएका छन्‌। सन्‌ २०१२ भरि हरेक अध्ययन संस्करणको आवरणमा चित्रकारले आकर्षक ढङ्‌गमा बनाएको प्रचारकार्यको दृश्‍य हुनेछ। यसले हामीलाई यहोवाको राज्यको विषयमा राम्ररी साक्षी दिन उहाँले दिनुभएको आज्ञाको सम्झना गराउनेछ। (प्रेषि. २८:२३) आवरणमा भएको दृश्‍यको वास्तविक तस्विर पृष्ठ २ मा पाउनुहुनेछ। त्यहाँ के भइरहेको छ र त्यो कहाँको दृश्‍य हो भन्‍ने विषयमा छोटो जानकारी पनि पाउनुहुनेछ। यहोवाका जनहरूले “सारा पृथ्वीभरि” सुसमाचार प्रचार गरिरहेका छन्‌ भनेर वर्षभरि नै यसले हामीलाई सम्झाउनेछ।—मत्ती २४:१४.

यस पत्रिकामा अरू के-कस्ता परिवर्तन गरिएका छन्‌? हरेक अध्ययन लेखको सुरुमै पुनरावलोकन पेटी पाउनुहुनेछ। लेख पढ्‌दा र अध्ययन गर्दा तपाईंले ध्यान दिनुपर्ने मुख्य बुँदाहरूलाई यसले प्रकाश पार्नेछ। प्रहरीधरहरा अध्ययन सञ्चालकले अध्ययनको अन्तमा यी प्रश्‍नहरू पुनरावलोकनको लागि प्रयोग गर्न सक्नेछन्‌। पृष्ठको छेउको खाली ठाउँ अझै फराकिलो पारिएको र पृष्ठ तथा अनुच्छेदको सङ्‌ख्या पनि अझै प्रस्टसँग देख्न सकिने बनाइएको तपाईंले याद गर्नुहुनेछ।

यहोवाका साक्षीहरूको आधुनिक इतिहासमा भएका उल्लेखनीय परिवर्तनहरूबारे जानकारी दिन “हाम्रो अभिलेखालयबाट” भन्‍ने नयाँ स्तम्भ पनि यस पत्रिकामा थपिएको छ। यस स्तम्भबारे थप जानकारी यसै अङ्‌कमा दिइएको छ। साथै, “तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे” भन्‍ने शीर्षकअन्तर्गत जीवन्त अनुभवहरू पनि समय-समयमा प्रकाशित गरिनेछन्‌। राज्य प्रचारकहरूको आवश्‍यकता बढी भएको ठाउँमा सेवा गर्दा भाइबहिनीले पाएको आनन्द, सन्तुष्टि र खुसीबारे यी लेखहरूमा स्पष्ट ढङ्‌गमा व्याख्या गरिनेछ।

यस पत्रिकाको मदतद्वारा परमेश्‍वरको वचन अध्ययन गर्न बिताउने तपाईंको समय अझै रमाइलो होस्‌।

प्रकाशक

[पृष्ठ ३-मा भएको चित्र]

१८७९

[पृष्ठ ३-मा भएको चित्र]

१८९५

[पृष्ठ ३-मा भएको चित्र]

१९३१

[पृष्ठ ३-मा भएको चित्र]

१९५०

[पृष्ठ ३-मा भएको चित्र]

१९७४

[पृष्ठ ३-मा भएको चित्र]

२००८