सीधै सामग्रीमा जाने

तिनीहरूले अझ उत्तम कुरा भेट्टाए

तिनीहरूले अझ उत्तम कुरा भेट्टाए

लाखौँ ख्रिष्टियनहरूले क्रिसमस नमनाउने छनौट गरेका छन्‌। आफूले गरेको निर्णय तिनीहरूलाई कस्तो लाग्छ? के तिनीहरूलाई आफूले कुनै राम्रो कुरा गुमाउनुपरेको जस्तो लाग्छ? के तिनीहरूका छोराछोरी पनि कुनै कुराबाट वञ्चित हुनुपरेको महसुस गर्छन्‌? यसबारे संसारको विभिन्‍न ठाउँका यहोवाका साक्षीहरू के भन्छन्‌ विचार गर्नुहोस्‌।

इभ

येसु ख्रिष्टको सम्झना: “यहोवाको साक्षी हुनुअघि म खासै चर्च जाँदिनथेँ। क्रिसमस वा इस्टरमा मात्रै जान्थेँ। तैपनि मैले येसु ख्रिष्टबारे भने खासै सोचेको थिइनँ। म अहिले क्रिसमस मनाउँदिनँ तर ख्रिष्टियन सभाहरूमा भने हप्ताको दुई पल्ट उपस्थित हुन्छु अनि अरूलाई बाइबलले येसु ख्रिष्टबारे बताउने कुरा सिक्न पनि मदत गर्छु।”—इभ, अस्ट्रेलिया।

रुबेन

दिँदा पाइने आनन्द: “आशै नगरेको बेला कसैले उपहार दिँदा मलाई एकदम खुसी लाग्छ। मलाई त्यसरी दिइएको उपहार मन पर्छ। मलाई पनि अरूको लागि कार्ड बनाउन अनि चित्र कोर्न मन पर्छ किनभने यसले उहाँहरूलाई खुसी बनाउँछ। उहाँहरू खुसी भएको देख्दा मलाई पनि खुसी लाग्छ।”—रुबेन, उत्तरी आयरल्याण्ड।

एमिली

खाँचोमा परेकाहरूलाई मदत: “बिरामी परेकाहरूको लागि खाना पकाइदिन पाउँदा हामीलाई खुसी लाग्छ। उहाँहरूलाई खुसी बनाउन हामी कहिलेकाहीँ फूल, केक वा कुनै उपहार लगिदिने गर्छौँ। यसो गर्न हामीलाई रमाइलो लाग्छ किनभने उहाँहरूलाई भेट्‌न यही दिन जानुपर्छ भन्‍ने छैन।”—एमिली, अस्ट्रेलिया।

म वेन्डी

परिवारसितको राम्रो सम्बन्ध: “पारिवारिक जमघटहरूमा काका-काकी, मामा-माइजू, हजुरआमा, हजुरबुबा, दाजुभाइ र दिदीबहिनीलाई भेट्‌न पाउँदा छोराछोरी खुसी हुन्छन्‌। उहाँहरूलाई भेट्‌न हामी जुनसुकै बेला जान सक्ने भएकोले हामी दबाब महसुस गर्दैनौँ। साथै हामीले उहाँहरूलाई माया गर्ने भएकोले भेट्‌छौँ भनेर उहाँहरूले बुझ्नुभएको छ।”—वेन्डी, केमन टापुहरू।

स्यान्ड्रा

मनोशान्ति: “क्रिसमसको बेला असाध्यै व्यस्त भएकोले धेरैजसो मानिस मनोशान्ति कायम गर्नेबारे सोच्दैनन्‌। तर मैले बाइबलमा मानिसहरूको लागि कस्तो प्रतिज्ञा गरिएको छ भनेर सिक्न पाएकी छु। यसले गर्दा म ढुक्क महसुस गर्छु। मेरा छोराछोरीको भविष्य एकदम सुन्दर छ भन्‍ने कुरा पनि मैले बुझेकी छु।”—स्यान्ड्रा, स्पेन।