सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भविष्यवाणी ३. महामारी

भविष्यवाणी ३. महामारी

भविष्यवाणी ३. महामारी

“महामारी हुनेछ।”—लुका २१:११.

● एउटा अफ्रिकी मुलुकमा गृहयुद्ध मच्चिरहेको थियो। त्यहाँ बोन्जालि नाम गरेका एक जना जनस्वास्थ्य अधिकृत खानीमा काम गर्ने कामदारहरूको उपचारमा दिनरात खटिरहेका थिए। ती कामदारहरू मारबर्ग भाइरसले * सङ्‌क्रमित भएर मर्नै लागेको अवस्थामा पुगेका थिए। तिनले ठूलो सहरका स्वास्थ्य अधिकृतहरूसित मदत मागे तर तिनलाई मदत गर्न कोही आएन। चार महिनापछि तिनले खोजेको मदत आइपुग्यो तर त्यतिबेलासम्म तिनको मृत्यु भइसकेको थियो। तिनलाई खानीका कामदारहरूबाट मारबर्ग सङ्‌क्रमण भएको थियो।

तथ्याङ्‌कले के देखाउँछ? धेरै मानिसको ज्यान लिने रोगहरूमध्ये निमोनिया, झाडापखाला, एच आइ भी/एड्‌स, क्षयरोग र औलो पर्छ। हालैको वर्षमा यी पाँच वटा रोगको कारण लगभग १ करोड ७ लाख मानिसको मृत्यु भएको छ। भन्‍नुको मतलब, यी रोगहरूले वर्षभरि नै प्रत्येक तीन सेकेन्डमा एक जनाको ज्यान लिएको छ।

धेरैले कस्तो असहमति जनाउँछन्‌? संसारको जनसङ्‌ख्या बढ्‌दै गइरहेको छ। त्यसैले रोगबिमार बढ्‌नु स्वाभाविकै हो। सङ्‌क्रमित हुन सक्ने मानिसहरूको सङ्‌ख्या पनि त्यत्ति नै धेरै छ।

के त्यस्तो असहमति तार्किक छ? संसारको जनसङ्‌ख्या एकदमै बढेको छ। तर रोग पत्ता लगाउने, नियन्त्रण गर्ने र त्यसको उपचार गर्ने मानिसको क्षमता पनि बढेको छ। वास्तवमा भन्‍नुपर्दा मानिसजातिले रोगमाथि नियन्त्रण गर्न सक्नुपर्ने हो नि, होइन र? तर त्यसको ठीक विपरीत भइरहेको छ।

तपाईँलाई कस्तो लाग्छ? बाइबलमा भविष्यवाणी गरिएझैँ के मानिसहरूलाई प्राणघातक रोगहरू लागिरहेको छ?

भूकम्प, अनिकाल र महामारीले लाखौँ मानिसलाई सताइरहेको छ। अरू लाखौँ मानिसले भने मानिसहरूकै हातबाट दुःख भोगिरहेका छन्‌। तिनीहरूमध्ये धेरैजसोले त तिनीहरूलाई रक्षा गर्नुपर्ने व्यक्‍तिकै हातबाट दुर्व्यवहार भोग्नुपरेको छ। यस विषयमा बाइबलको भविष्यवाणी विचार गर्नुहोस्‌।

[फुटनोट]

^ मारबर्ग भाइरस इबोला भाइरससित सम्बन्धित छ। मारबर्ग भाइरसले गर्दा ज्वरो आउँछ र रक्‍तस्राव हुने गर्छ।

[पृष्ठ ६-मा भएको ठूलो अक्षरको क्याप्सन]

“कसैलाई सिंह वा त्यस्तै केहीले खानु डरलाग्दो कुरा हो। तर त्यो घटनाजत्तिकै डरलाग्दो कुरा भित्रभित्रै कुनै जीवाणुले खानु र जताततै त्यस्तो भइरहेको देख्नु हो।”—महामारी रोकथाम विशेषज्ञ माइकल ओस्टरहोम

[पृष्ठ ६-मा भएको चित्रको स्रोत]

© William Daniels/Panos Pictures