भजनसङ्ग्रह १२२:१-९
उकालीको गीत। दाउदको रचना।
१२२ तिनीहरूले मलाई यसो भन्दा म रमाएँ:“आऊ, हामी यहोवाको भवनमा जाऔँ।”+
२ हे यरुसलेम, हाम्रा खुट्टाहरू अहिलेतेरा मूलढोकाहरूभित्र खडा छन्।+
३ यरुसलेम एक सहर जस्तैगरि निर्माण गरिएको छ,जसका भवनहरू एकसाथ जोडिएका छन्।+
४ इस्राएललाई दिइएको सम्झौटाअनुसारैयहोवाको नामको प्रशंसा गर्न+कुल-कुलका मानिसहरू त्यहाँ उक्लेका छन्,याहका* कुलहरू।
५ किनकि त्यहाँ न्यायको सिंहासन बसालियो,+दाउदको घरानाको सिंहासन।+
६ यरुसलेमको लागि शान्तिको कामना गर।+हे सहर, तँलाई प्रेम गर्नेहरू सुरक्षित रहनेछन्।
७ तेरा बलिया पर्खालहरूभित्र शान्ति कायम रहोस्,तेरा बलिया किल्लाहरूभित्र बस्नेहरू सुरक्षित रहून्।
८ मेरा दाजुभाइहरू र मेरा मित्रहरूको खातिर म यसो भन्नेछु:“तँमा शान्ति छाओस्।”
९ यहोवा हाम्रा परमेश्वरको भवनको खातिर+म तेरो भलो चिताउनेछु।
फुटनोटहरू
^ “याह,” यहोवा नामको छोटो रूप हो।