भजनसङ्ग्रह ८:१-९
निर्देशकलाई; गित्तिथमा* मिलाउने। दाउदले रचेको भजन।
८ हे यहोवा, हाम्रा प्रभु, सारा पृथ्वीमा तपाईँको नाम कत्ति गौरवशाली छ!तपाईँले आफ्नो महिमालाई आकाशभन्दा पनि माथि उचाल्नुभएको छ।*+
२ तपाईँका वैरीहरूको कारणतपाईँले केटाकेटी अनि दूधे बालकहरूको बोलीबाट+ आफ्नो शक्ति प्रकट गर्नुभएको छताकि शत्रुहरू र बदला लिनेहरूको मुखमा बुजो लागोस्।
३ आकाशमा तपाईँको औँलाको कामलाई विचार गर्दा,तपाईँले बनाउनुभएका जून र तारालाई हेर्दा+
४ मानिस के हो र, जसलाई तपाईँ सम्झनुहुन्छ?मानिसका सन्तान के हुन् र, जसको तपाईँ ख्याल राख्नुहुन्छ?+
५ तपाईँले उसलाई स्वर्गदूतहरूभन्दा केही मात्र कम गरेर बनाउनुभयोअनि उसलाई गौरव र महिमाको मुकुट पहिऱ्याउनुभयो।
६ तपाईँले उसलाई आफ्नो हातको रचनामाथि अधिकार दिनुभयो;+तपाईँले सबै कुरा उसको पाउमुनि राखिदिनुभयो:
७ भेडाबाख्रा र गाईवस्तु सबैअनि जङ्गली जनावर सबै,+
८ आकाशका चराचुरुङ्गी र समुद्रका माछाअनि समुद्रमा पौडिने जीव सबै।
९ हे यहोवा, हाम्रा प्रभु, सारा पृथ्वीमा तपाईँको नाम कत्ति गौरवशाली छ!