प्रश्न १६
तपाईँ कसरी चिन्ता-फिक्रीको सामना गर्न सक्नुहुन्छ?
“आफ्नो भारी यहोवामा बिसाऊ र उहाँले तिमीलाई सम्हाल्नुहुनेछ। धर्मी मानिस कहिल्यै डग्नेछैन किनभने उहाँले उसलाई थाम्नुहुनेछ।”
“मेहनती मानिसले बनाएको योजना सफल हुन्छ तर हतार गर्ने मानिसहरू कङ्गाल हुन्छन्।”
“नडराऊ किनकि म तिमीसित छु; फिक्री नगर किनकि म तिम्रा परमेश्वर हुँ। म तिमीलाई बलियो पार्नेछु र तिमीलाई मदत गर्नेछु। धार्मिकता कायम गर्ने मेरो दायाँ हातले म तिमीलाई पक्रिराख्नेछु।”
“तिमीहरूमध्ये कसले पो चिन्ता गरेर आफ्नो आयु एक हात लम्ब्याउन सक्छौ र?”
“त्यसैले भोलिको चिन्ता कहिल्यै नगर किनभने भोलिको चिन्ता भोलिले नै गर्नेछ। आजको लागि आजकै कष्ट पर्याप्त छ।”
“अझ महत्त्वपूर्ण कुराहरू के हुन्, सो तिमीहरूले पक्का गर्न सक।”
“कुनै कुराको विषयमा चिन्तित नहोओ तर हरेक कुरामा प्रार्थना, उत्कट बिन्ती र धन्यवादका साथ आफ्नो निवेदन परमेश्वरसमक्ष जाहेर गर। तब परमेश्वरको शान्ति, जुन मानिसको समझभन्दा बाहिरको छ, त्यसले ख्रिष्ट येसुद्वारा तिमीहरूको हृदय र सोच्ने क्षमताको रक्षा गर्नेछ।”