गीत १३६
यहोवाको राज्य अब चाँडै आओस्!
डाउनलोड:
-
१. सदा सदा छ यहोवा,
रहनेछ सदा।
दियौ छोरालाई सिंहासन,
गर्छ तिम्रै शासन।
राज्यको शासन सुरु भो,
सारा धर्तीमा छाउने भो।
(कोरस)
याहको शासनमा
सुख शान्ति छाउनेछ है।
यहोवाको राज्य
आओस्, अब चाँडै आओस्।
-
२. दियाबल तल फालियो,
छोटो छ दिन त्यसको।
बढे पनि दुःख पीडा,
देख्छौं उज्ज्वल आशा।
राज्यको शासन सुरु भो,
सारा धर्तीमा छाउने भो।
(कोरस)
याहको शासनमा
सुख शान्ति छाउनेछ है।
यहोवाको राज्य
आओस्, अब चाँडै आओस्।
-
३. स्वर्गदूतहरू रमाउँछन्
रमाइ रमाइ गाउँछन्।
सैतानको झूट र छलबाट
मुक्त भयो स्वर्ग
राज्यको शासन सुरु भो,
सारा धर्तीमा छाउने भो।
(कोरस)
याहको शासनमा
सुख शान्ति छाउनेछ है।
यहोवाको राज्य
आओस्, अब चाँडै आओस्।
(दानि. २:३४, ३५; २ कोरि. ४:१८ पनि हेर्नुहोस्।)