गीत १०५
“परमेश्वर प्रेम हुनुहुन्छ”
-
१. भन्छन् मायालु यहोवा:
‘हिँड मेरो बाटोमा।’
प्रेम याह र अरूलाई गर्दा
बित्छ दिन असल काममा।
जीवनको मजा छ यहीँ;
खोजेको जीवन यही।
टल्दैन येसुको त्यो प्रेम।
हाम्रो प्रेम पनि उही।
-
२. जाग्नेछौँ सत्यको प्रेमले;
नकल गर्छौँ प्रेम याहको।
उहाँकै मदतले उठ्छौँ;
जिउँछौँ उहाँकै बलमा।
प्रेम चोखो अनि निष्कपट;
सहने र दयालु।
चाखौँ है नतिजा प्रेमको।
भाइलाई प्रेम अब गर्नू।
-
३. कहिल्यै इबी नराख;
वशमा नपारोस् यसले।
याहको डोऱ्याइ खोज;
उनको आज्ञा छ यस्तो:
‘प्रेम छिमेकी र याहलाई;
यही हो भाका प्रेमको।’
देखाऔँ सधैँ अरूलाई;
कोमल प्रेम यहोवाको।
(मर्कु. १२:३०, ३१; १ कोरि. १२:३१–१३:८; १ युह. ३:२३ पनि हेर्नुहोस्)